क्याडिजलाई २–० गोलले पराजित गर्दै ला लिगामा बर्सिलोनाको पहिलो जीत

क्याडिजलाई २–० गोलले पराजित गर्दै ला लिगामा बर्सिलोनाको पहिलो जीत

काठमाडौं । साबिक विजेता बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा पहिलो जीत हात पारेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले क्याडिजलाई २–० गोलले हराएको हो ।
क्याम्प नाउको पुननिर्माण कार्य चलिरहेकाले बार्साले यो सिजन ओलम्पिक स्टेडियमलाई घरेलु मैदान बनाएको छ । बराबरी तर्फ अघि बढिरहेको खेलमा बार्साले अन्तिम समयमा दुई गोल गर्न सफल भएको थियो ।

८२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा पेड्रीले बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको पासमा फेरान टोरेसले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

बार्सिलोना पहिलो खेलमा गेटाफेसँग बराबरीमा रोकिएको थियो । दुई खेलपछि बार्साको चार अंक पुगेको छ । आइतबारको खेलमा लामिन यामाल बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । उनले मात्र १६ वर्ष ३८ दिनमा बार्साका लागि डेब्यू गरेका हुन् ।

आइतबार भएका अन्य खेलमा जिरोनाले गेटाफेलाई ३–० गोलले हरायो भने एट्लेटिको मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो ।