राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिए

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिए

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिएका छन् । 

उनले आइतबार मन्दिरमा प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् । २५ वर्षीय विमलले विवाहको तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा पनि सेयर गरेका छन् । 

‘मेरो विगत, वर्तमान र भविष्य,’ फेसबुकमा उनले लेखेका छन्, ‘अनि, उनी मेरो अर्धाङ्गीनीभन्दा अरु कोही हुन सक्दैन ।’ 

विमलले पछिल्लो पटक एएफसी कप छनोटको भुटानी क्लब पारोविरुद्धको खेलमा गोल गरेका थिए । मच्छिन्द्र क्लब र पारोबीचको उक्त खेल दशरथ रङ्गशालामा भएको थियो ।