युनाइटेडलाई पराजित गर्दै सिटीले हात पार्यो दोस्रो जीत

युनाइटेडलाई पराजित गर्दै सिटीले हात पार्यो दोस्रो जीत

काठमाडौं । म्यानचेस्टर युनाइटेड टोटनह्याम हटस्पर्ससँग लिगको दोस्रो खेलमा नै स्तब्ध बन्न पुगेको छ । शनिबार राति भएको खेलमा स्पर्सले २–० गोलको शानदार जीत हासिल गर्न सफल भएको हो ।

नयाँ प्रशिक्षक एन्ज पोस्टेकग्लुको नेतृत्वमा निकै आक्रामक खेल प्रदर्शन गरेको स्पर्सले दोस्रो हाफको सुरुवातमा पापे पाटर सारको गोलमा अग्रता लिएको थियो । खेलको ८३ औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले आत्मघाती गोल गरेपछि स्पर्सले जीत सुनिश्चित गरेको थियो ।

उता साबिक विजेता म्यानचेस्टर सिटीले उपाधि दाबेदार मानिएको न्युक्यासललाई १–० गोलले हराएको छ । जुलियान अल्भारेजले पहिलो हाफको गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

जीतसँगै सिटीले शतप्रतिशत नतिजा कायम राखेर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । न्युक्यासल भने लिगको छैटौँ स्थानमा खस्किएको छ । उता स्पर्स पाँचौँ स्थानमा उक्लिँदा युनाइटेड भने १० औँ स्थानमा पुगेको छ ।