'गदर-२' र 'ओ माइ गड-२' ले पहिलो साता कति कमाए ?

'गदर-२' र 'ओ माइ गड-२' ले पहिलो साता कति कमाए ?

गत शुक्रबारदेखि बलिउड फिल्म गदर-२ र ओ माइ गड-२ प्रदर्शन भइरहेको छ। यी दुवै फिल्मलाई भारतीय फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। भारतीय बक्स अफिसमा भने अक्षय कुमारको ओ माइ गड-२ भन्दा सनी देओलको गदर-२ अगाडि देखिएको छ। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्म गदर-२ ले पहिलो साता २८४ करोड ६३ लाख भारू कमाएको छ भने ओ माइ गड २ ले ८५ करोड ५ लाख भारू कमाएको छ। 

४० करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्म गदर-२ ले दोस्रो दिन ४३ करोड ८ लाख, तेस्रो दिन ५१ करोड ७० लाख, चौथो दिन ३८ करोड ७० लाख र पाँचौ दिन ५५ करोड ४० लाख, छैटौं दिन ३२ करोड ३७ लाख र सातौं दिन २३ करोड २८ लाख भारू कमाएको हो। यो फिल्म ८० करोड बजेटमा बनेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

१० करोड २६ लाख भारूमा ओपनिङ गरेको फिल्म ओ माइ गड-२ ले दोस्रो दिन १५ करोड ३० लाख, तेस्रो दिन १७ करोड ५५ लाख, चौथो दिन १२ करोड ६ लाख र पाँचौ दिन १७ करोड १० लाख, छैटौं दिन ७ करोड २० लाख र सातौं दिन ५ करोड ५८ लाख भारू कमाएको हो।

अनिल शर्माले निर्देशन गरेको फिल्म गदर-२ मा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। 

अक्षय कुमार अभिनीत फिल्म ओ माइ गड-२ मा पंकज त्रिपाठीलाई आस्तिक र अक्षयलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ।अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ।