काठमाडौं त्रिकेट संघको अध्यक्षमा दिवाकार र सदस्य पारस

काठमाडौं त्रिकेट संघको अध्यक्षमा दिवाकार र सदस्य पारस

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले र राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सदस्यमा चयन भएका छन् । आज (मंगलबार) सम्पन्न क्रिकेट संघको चौथो वार्षिक साधारणसभाले अध्यक्षमा घले र सदस्यमा खड्कालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

वार्षिक साधरणसभाले १५ सदस्य टोली सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनितध्वज चन्द सर्वसम्मत चयन भएका छन् । उता, पारसलाई यसपटक जिल्लाबाट सदस्यता लिएसँगै बागमती प्रदेशको अध्यक्षमा लड्ने बाटो खुलेको छ । सदस्यहरुमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासँगै पूर्व क्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल, विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन् ।

त्यस्तै, बागमतीका सबै ६ जिल्लाको निर्वाचन सम्पन्न भएको छ । चितवनबाट सुदीप पिया, मकवानपुरबाट करण महत्रा क्षेत्री, भक्तपुरबाट मनिष राज पाण्डे, ललितपुरबाट शेखर श्रेष्ठ र नुवाकोटबाट दुर्गाराज पाठक अध्यक्षमा निर्वाचित भएका छन् । हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेश चुनावमा भोट हाल्न पाउनेछन् । वर्तमान बागमती प्रदेशका १३ सदस्य टोलीले पनि भोट हाल्न पाउने छन् । बागमती प्रदेशको चुनावमा कुल ३७ भोट हुनेछ ।