भुवन पुत्र अनमोल केसीलाई सर्वोकृष्ट अभिनेता पुरस्कार

भुवन पुत्र अनमोल केसीलाई सर्वोकृष्ट अभिनेता पुरस्कार

काठमाडौं । न्यूयोर्कमा सम्पन्न छैटौँ ग्लोबल नेपाली फिल्म अवार्डमा सर्वोत्कृष्ट डायस्पोरा चलचित्रको पुरस्कार लक्का जवानले जितेको छ । शनिबार क्विन्सको मेलरोज बलरुममा सम्पन्न  समारोहमा विभिन्न विधा अन्तर्गत चलचित्र तथा कलाकर्मी मध्ये सर्वोत्कृष्टलाई पुरस्कार वितरण गरिएको हो ।

चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिएको हो । अमेरिकाको विभिन्न राज्यहरु कोलोराडो, क्यालिफोर्निया राज्यहरूमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने छैठो संस्करण २०२३ मा न्यूयोर्क राज्यमा भव्य कार्यक्रमबीच समापन भएको छ । न्यूयोर्कको ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो भने गर्ने यसका प्रमुख शैलेश श्रेष्ठ हुन् । त्यस्तै यस पटकको पुरस्कार समारोहमा सर्वोत्कृष्ट अभिनेतातर्फको पुरस्कार अनमोल केसीले जितेका छन् । सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार स्वस्तिमा खड्काले जितेकी छिन् । तर उनी समारोहमा भने अनुपस्थित थिइन् । यसैगरी चरित्र अभिनेता पुरुषतर्फ वरिष्ठ कलाकार सुनिल थापा तथा चरित्र अभिनेत्रीको पुरस्कार प्रियङ्का कार्कीलाई प्रदान गरिएको छ । चलचित्र दीर्घ साधना सम्मान ४० वर्षसम्म चलचित्र उद्योगमा योगदान गरे बापत शिव श्रेष्ठलाई प्रदान गरिएको छ । वर्षकी उत्कृष्ट गायिकामा प्रविशा अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ भने उत्कृष्ट नृत्य निर्देशकको पुरस्कार शिव बिकलाई प्रदान गरिएको छ । यस्तै अभिनेता सरोज खनाललाई चलचित्र सिद्धि पुरस्कार प्रदान गरिएको छ । सुवास बि थापालाई डायसपोरा अभिनेताको पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट निर्देशकमा सन्तोष सेनलाई प्रदान गरिएको छ भने प्रेमगीत (३ ले उत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ ।

यसैगरी विभिन्न कलाकर्मीहरू मध्ये अनिल पाण्डे, सन्तोष रामदन, केदार उप्रेती, बिक्रान्त बस्नेत लगायतलाई समेत सम्मान गरिएको थियो । चलचित्र क्षेत्रलाई महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिएको समारोहमा मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा द्वितीय उपविजेता इशा सुवेदीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।