नेकपा माओवादीको पदाधिकारी बैठक जारी

नेकपा माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय कमिटि बैठकको तयारीका लागि बैठक बसेको हो । बिहान ११ बजे बस्ने बैठकका लागि पदाधिकारीको बैठकले एजेन्डालाई अन्तिम रुप दिनेछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकको प्रत्यक्ष प्रसारण गर्ने माओवादीले तयारी गरेको छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।