प्रधानन्यायाधीश सिफासिका लागि आज संवैधानिक परिषद् बैठक बस्दै

प्रधानन्यायाधीश सिफासिका लागि आज संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौं । आज संवैधानिक परिषद् बैठक बोलाइएको छ । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक अपराह्न ४ बजेका लागि आह्वान भएको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ ।

उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

यसअघि बैठक बोलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दबाब दिएका थिए ।