कांग्रेस जस्तै माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

कांग्रेस जस्तै माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको सचिव डिलाराम आचार्यले जानकारी दिए । 

उनले भने, ‘१७ गतेबाट बस्ने बैठकको हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ । बैठकको सुरुआतदेखि अन्त्यसम्म सबै बैठक लाइभ गर्ने निर्णय भएको छ ।’ केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको थियो ।

यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो ।