राप्रपा भवनमा कहिले चल्छ बालेनको डोजर ?

राप्रपा भवनमा कहिले चल्छ बालेनको डोजर ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने तयारी गरिरहेको छ । १३ असोज २०७९ मै कार्यालय हटाउन सूचना टाँसेको महानगरपालिकाले पुनः १२ साउनमा ३ दिन समय दिएर कार्यालय हटाउन भनेको थियो । ‘भोलि सोमबारसम्मको समय दिएका छौं, हाइटेन्सन लाइनमुनि कुनै पनि घर बनाउन वा कार्यालय सञ्चालन गर्न मिल्दैन, हामी हटाउँछौं ’ महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । केही दिनभित्र मै भवन खाली गराईने महानगरपालिकाले जनाएको छ । 

राप्रपाको पार्टी कार्यालय भएको जग्गादेखि माथि विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) छ । हाइटेन्सन लाइनमुनि संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ भने यस्ता ठाउँमा दुर्घटनाको जोखिम पनि हुन्छ ।