काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
आइतबार ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने समझदारी भएको थियो ।
सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदापनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन । जसका कारण फेरि सर्वोच्च अदालत नेतृत्वविहीन हुने अवस्था आएको छ ।