कांग्रेस केन्द्रीय कमिटी बैठकको निर्णय : भ्रष्टाचारविरोधी अभियानमा सरकारलाई साथ दिने, महासमिति बैठक मंसिरमा

कांग्रेस केन्द्रीय कमिटी बैठकको निर्णय : भ्रष्टाचारविरोधी अभियानमा सरकारलाई साथ दिने, महासमिति बैठक मंसिरमा

काठमाडौं । नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा कोही दोषी नउम्किऊन्, कोही निर्दोष नफसून् भन्ने नीति लिएको बताए ।

यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए ।महामन्त्री शर्माले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिने बताए ।

त्यस्तै केन्द्रीय समिति बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको छ । 

१४ औं महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गरिने निर्णय भएको थियो। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको हो।