कांग्रेस केन्द्रिय समिति बैठक : आज बाँकी सदस्यले धारणा राख्ने

कांग्रेस केन्द्रिय समिति बैठक : आज बाँकी सदस्यले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको आज चौथो दिनमा बाँकी सदस्यहरुले आफ्ना कुरा राख्ने छन् । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । बिहीबार ३५ जना केन्द्रीय सदस्यहरूले बोलेका थिए । आज बाँकी सदस्यहरूले क्रमशः आफ्ना कुरा राख्ने कांग्रेसले जनाएको छ ।

हिजो तेस्रो दिन केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवविक्रम शाहले बोलिसकेका छन् ।

साथै, हिजो बैठकमा डा. चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी., आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेको जनाइएको छ ।

एक वर्षपछि राखिएको केन्द्रीय समिति बैठकमा कांग्रेस नेताबीच गरमागरम बहस भइरहेको छ । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउनुपर्ने नेतृत्वलाई सुझाव दिएका छन् । गठबन्धन पक्ष/विपक्षमा पनि मिश्रित प्रतिक्रिया आएका छन् ।

कांग्रेस बैठक लाइभको व्यवस्था मिलाइएको छ ।