शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमतले गर्यो कारबाही

शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमतले गर्यो कारबाही

काठमाडौं । जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै आफ्ना पाँच नेतालाई कारबाही गरेको छ । जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो । उनीहरूलाई पार्टीको अनुशासनविपरीत काम गरेकाले कारबाही गरिएको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. दीपककुमार साहले विज्ञप्तिमार्फत् जनाएका छन् ।

पार्टीका उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा भनिएको छ– कारबाही पश्चात सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुन सक्नेछ ।