तस्वीरमा सिनामंगलमा भेटिएको शंकास्पद वस्तु

तस्वीरमा सिनामंगलमा भेटिएको शंकास्पद वस्तु

काठमाडौं । सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चाहरु पनि भेटिएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको जानकारी दिए । अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने उपरीक्षक रिजालले जनाएका छन् ।