पहिलो पटक सामाजिक सञ्जालबाट लाइभ गर्दै सुरु भयो कांग्रेस केन्द्रीय कमिटी बैठक (भिडियोसहित)

पहिलो पटक सामाजिक सञ्जालबाट लाइभ गर्दै सुरु भयो कांग्रेस केन्द्रीय कमिटी बैठक (भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक इतिहासमै पहिलो पटक सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्दै सुरु भएको छ  । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पनि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन । गएको मङ्सिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन ।

हिजो सोमवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार पहिलो एजेन्डाका रुपमा समसामयिक राजनीतिक विषय रहनेछ । यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ।

https://www.facebook.com/nepalicongresshq/videos/1243214783036663