कांग्रेस रुपान्तरण अभियानले बुझायो प्रतिवेदन (पूर्णपाठसहित)

कांग्रेस रुपान्तरण अभियानले बुझायो प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाहरुले प्रतिवेदन बुझाएका छन् ।

अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए । तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाईएको जनाईएको छ । 

‘मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएका छौं,’ अभियानका अगुवा जगदिश्वर नरसिंह केसीले भने । पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाइएको छ । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ:  https://drive.google.com/file/d/1QgyBcvvX-6stUUkyYzwAMYxTSSMf4rsf/preview