कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने देउवाको प्रस्ताव

कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने देउवाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।

पदाधिकारीको बैठकका एजेण्डा तय गर्न धुम्बाराहीस्थित आफ्नो निवासमा बोलाइएको वर्तमान र पूर्व छलफलमा देउवाले उक्त प्रस्ताव राखेका हुन् । 


बैठकमा नौ वटा एजेण्डामाथि छलफल हुने  तय भएको बैठकमा सहभागी सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताए । समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषय, लगायतमा छलफल हुने उनले जानकारी दिए ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको विषयमा केन्द्रीय सदस्यले धारणा राख्नसक्ने मन्सुरले बताए ।कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन २ गते बस्दै छ ।