ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु,  कुन बैंकको कति ? (सूचीसहित)

ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु,  कुन बैंकको कति ? (सूचीसहित)
फाईल तस्वीर

काठमाडौं ।  बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति साउन १ गतेदेखि खारेज भएसँगै बैकहरु ब्याजदर वृद्धि गर्ने प्रतिष्पर्धामा छन् । सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न  वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेका छन् । 

अहिले निक्षेपको सबैभन्दा बढी व्याजदर एनएमबी बैंकको देखिएको छ । यस बैंकले मुद्दती निक्षेपको व्याजदर १०.९८ प्रतिशत निर्धारण गरेको हो । प्राइम कर्मसियल बैंकले पनि १०.९३ प्रतिशत व्याजदर तोकेको छ । नबिल बैंकको १०.४९ प्रतिशत छ भने कुमारी बैंकको १०.१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकले पनि १० प्रतिशत दिने जनाएको छ । हिमालयन, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकको व्याजदर ९.९९ प्रतिशत रहेको छ । माछापुछ्रे, नेपाल एसबीआई, सानिमा, प्रभु र कृषि वकास बैंकको मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशतमाथि छ । सबैभन्दा कम व्याजदर स्ट्याण्डर्ड चार्टड बैंकको ८.९५ प्रतिशत रहेको छ ।

असारमा बैंकहरूले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत व्याज दिइरहेका थिए । बैंकहरूले निक्षेपको व्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यसै अनुसार केही बैंकहरूले साउनका लागि व्याजदर बढाएका छन् ।

हेर्नुहोस् कुन बैंकमा कति ब्याजदर ?