एमालेको केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनित (सूचीसहित)

एमालेको केन्द्रीय प्रचार विभागमा ११ सदस्य मनोनित (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले ११ जनालाई केन्द्रीय प्रचार विभागमा मनोनयन गरेको छ । शनिबार बसेको बैठकबाट ११ जना सदस्य मनोनित भएका छन् । 

एमाले नेताहरुका अनुसार प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराई थपिएका छन् । त्यस्तै एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल पनि विभागमा सदस्य मनोनीत भएको एक नेताले बताए । यसअघि निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट र रोशन खड्का विभागमा सदस्य थिए भने गगन विष्ट सचिव छन् ।