आज संसदमा ऐन संशोधन विधेयक–२०८० पेश हुने (कार्यसूचीसहित)

आज संसदमा ऐन संशोधन विधेयक–२०८० पेश हुने (कार्यसूचीसहित)

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक  बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजेका लागि संसद बैठक बोलाइएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक-२०८०’ लाई प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । उनले सो प्रस्ताव माथिको संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।  

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।