अनुसन्धानमा हस्तक्षेप छैन, सबै भष्ट्रचार प्रकरणको फाईल खोल्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

अनुसन्धानमा हस्तक्षेप छैन, सबै भष्ट्रचार प्रकरणको फाईल खोल्छौं :  उपप्रधानमन्त्री श्रेष्ठ
फाईल तस्वीर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको कुनैपनि हस्तक्षेप नभएको बताएका छन् । तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् । चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै अनुसन्धान प्रभावित हुने कुनैपनि निर्देशन नदिएको श्रेष्ठले दावी गरे । 

कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उनको भनाई छ । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

साथै, गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन् । अहिले संसद पनि खुलिसकेको बताउँदै उनले सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने बताए ।