काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभागले जनाएको छ ।
सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक तय गरिएको हो । बैठकमा सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्ने पार्टीका नेताहरुले जनाएका छन् ।