अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै
फाईल तस्वीर

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार काठमाडौं आउँदै छन् । उनले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत केही मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी अमेरिकी विदेश मन्त्रालयमा दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् ।

हाल बंगलादेश रहेका उनी शुक्रबार अपराह्न आइपुग्न लागेका हुन् । अमेरिकी उपविदेशमन्त्री उजरा जिया र सहायक विदेशमन्त्री लुले भारत भ्रमण गरेका थिए । एक दिनका लागि आउन लागेका उनले दूतावासका कर्मचारीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।