इमर्जिङ टिम्स एसिया कप : मैदानमा नेपाल र पाकिस्तान ‘ए’

इमर्जिङ टिम्स एसिया कप : मैदानमा नेपाल र पाकिस्तान ‘ए’

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ ।

नेपालका तर्फबाट रोहित पौडेल र पाकिस्तानको तर्फबाट मोहम्मद हरिसले कप्तानी गर्नेछन् । पाकिस्तानको ‘ए’ टोली भएपनि त्यसमा सिनियर टोलीबाट अनुभव बटुलिसकेका खेलाडीहरुको बाहुल्यता रहेको छ । यसअघि कप्तान हरिसले पाकिस्तानका लागि ५ ओडिआई र ९ टी–२०आई खेलिसकेका छन् । अनुभवी पाकिस्तान विरुद्ध नेपालले आफ्नो परीक्षण गर्नेछ । 

समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा  हुनेछ ।