प्रतियोगितामा महिला र पुरुषको पुरस्कार बराबर गर्ने आईसीसीको घोषणा

प्रतियोगितामा महिला र पुरुषको पुरस्कार बराबर गर्ने आईसीसीको घोषणा
फाईल तस्वीर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यो निर्णयसँगै अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ ।

आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्वपूर्ण क्षण भएको बताएका छन् । ‘यो हाम्रो खेलको इतिहासमा महत्वपूर्ण क्षण हो ।  म खुशी छु कि आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्,’ उनले बताएका छन् । पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको उनले बताए । अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए । समान पुरस्कार राशीमा पुग्ने स्पष्ट लक्ष्यका साथ, सन् २०१७ देखि महिला प्रतियोगिताहरूको पुरस्कार राशी बढाएको परिषद्ले जनाएको छ ।