‘कोतपर्व’मा भित्रिए रमेश उप्रेती

‘कोतपर्व’मा भित्रिए रमेश उप्रेती

काठमाडौं । चलचित्र ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन् । निर्माता र अभिनेता उप्रेतीबीच सोमबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । 

गत साता अभिनेता मल्ल पनि फिल्ममा अनुबन्धित भएका थिए । प्रमुख महिला पात्रमा अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ तर यसबारे टुंगो लागेको छैन । फिल्मको छायांकन आगामी चैतदेखि सुरु गर्ने तयारी छ । तीन वर्ष लगाएर लेखिएको भनिएको पटकथाले जंगबहादुर राणाको उदयको एक महत्वपूर्ण राजनीतिक घटनाक्रमलाई चित्रण गर्ने जनाइएको छ ।

रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । छोटेलाल रौनियार र शारदा खड्का अर्याल निर्माता रहेको फिल्मको पटकथा महेश दवाडीको छ । फिल्मको सहनिर्मातामा राजेन्द्र ढकाल र राजाराम सुवाल छन् भने कार्यकारी निर्मातामा शिवचन्द्र छन् ।