फेरि संसदीय दलको नेतामा लड्छु, मेरो पुस्ता प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

फेरि संसदीय दलको नेतामा लड्छु, मेरो पुस्ता प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अव देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताएका छन् । आज काठमाडौँमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अव मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताए । 

हिलेको आवश्यकता आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उनले बताए ।  आफू फेरी पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने जिकिर गरे । थापाले अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सवैलाई जानकारी हुने भन्दै एक पटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सबै दलले रोक्न सक्नुपर्ने तर्क गरे ।

थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्र लगायत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरूलाई एकबर्षको काममा केन्द्रीय हुन निर्देशन दिनुपर्ने धारणा राखे ।