नेकपा

राष्ट्रपति र सरकार दुबैले संविधान मिच्ने काम गरे : अध्यक्ष ओली

राष्ट्रपति र सरकार दुबैले संविधान मिच्ने काम गरे : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र सरकार दुबैले संविधान मिच्ने काम गरेको आरोप लगाएका छन् । शुक्रबार कीर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र राष्ट्रपति दुवै संविधान मिच्न लागि परेको बताएका हुन् ।

 ‘सम्माननीय राष्ट्रपति ज्यू संविधान मिच्न आफै उत्ताउलिएर अगाडि बढ्नुभयो । उहाँले सत्ताको पक्ष लिनुभयो त्यो दुखद कुरा हो’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।अध्यक्ष ओलीले सरकार लगातार संविधान मिच्न लागिपरेको पनि बताए । 

‘अहिले पनि तपाईँहरूले देख्नुभएको छ । संविधान लगातार मिच्ने । कसैको बहुमत छैन, यी बहुमत नभएका पार्टीहरू सातआठ वटा एकठाउँ मिलेर, स्वार्थ बाँडेर, देशका हितहरुलाई चकनाचुर पारेर, बर्थडेको केक काटेझै राष्ट्रका हितहरु काटकुट पारेर, बाँडेर सत्ता बनाउने र टिकाउने घिनलाग्दो खेल खेलिरहेका छन्’, अध्यक्ष ओलीको भनाइ छ ।

उनले राष्ट्रपति पौडेलले निष्क्रिय भएको  नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आक्रोश पोखे ।