राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध नआए आज रातिसम्म अन्तिम नतिजा आइसक्ने बताए । मतदान प्रदेश १ मा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय  र  वाली संरक्षण प्रयोगशालामा भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ । 

यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान जारी छ ।

राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र  १८ रहेको छ ।