एमालेसँगको एकता गलत थिएन, गलत कहाँनेर भयाे समिक्षा गराैं : प्रचण्ड

एमालेसँगको एकता गलत थिएन, गलत कहाँनेर भयाे समिक्षा गराैं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेकपा एमालेसँग गरेको एकता गलत नभएको स्पष्ट पारेका छन् ।

काठमाडौंको कमलादीमा जारी पार्टीको ८ औं महाविधेशनको उद्घाटन समारोहलाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आज विहान मात्रै एमाले अध्यक्ष केपी ओलीलाई फोनमार्फत महाधिवेशनमा अतिथिका निम्ति निमन्त्रणा गरेको जानकारी गराउँदै एक्कासी आयोजना भएको माओवादी केन्द्रको महाधिवेशनमा उपस्थिती हुन नसकेको बर महासचविलाई पठाउने वचन दिएको पनि बताए । उनले भने, ‘ओली जीले महासचिवलाई पठाउँछु भन्नुभएको थियो, साँच्चै नै पार्टीको नेतृत्व गरेर महासचिव शंकर पोखरेल आउनुभयो ।’ 

अध्यक्ष प्रचण्डले विगतमा नेकपा एमालेसँग गरिएको एकता गलत नभएको भन्दै कहाँनेरि गल्ती भयो भन्नेबारे आत्मसमिक्षा गर्नुपर्ने आवश्यक भएको उल्लेख गरे । पार्टी एकताको उद्देश्य मुलुकको विकास र समृद्धि भएकाले सपना कहाँनेर पुगेर भत्कियो भन्नेबारे आत्मसमिक्षा गर्नुपर्ने बताए । 

अध्यक्ष प्रचण्डले नेकपा माओवादी अहिलेको स्थितीमा आईपुग्नुमा अरुलाई दोष नदिने बरु त्यसको जिम्मेवारी आफू नै भएको उल्लेख गरे । उनले व्यासमा उपस्थित सम्पूर्ण अतिथिहरुको भनाईप्रति आभार प्रकट गरेका छ ।