जनतामाझ जान्छौं भन्दा प्रतिगमनको लेपन लगाइयो : पोखरेल

जनतामाझ जान्छौं भन्दा प्रतिगमनको लेपन लगाइयो : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरु जनतामाझ जान चाहेको तर त्यसलाई प्रतिगमनको लेपन लगाइएकोप्रति टिप्पणी गरे । 

आइतबार माओवादी केन्द्रको ८ औं महाविधेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनमा जानु प्रतिगमन नभएको स्पष्ट पारे ।

उनले जबजस्र्ती प्रतिगमन लेपन गरिएकोमा टिप्पणी गरे । उनले भने, ‘नेकपा एमाले जनतामाझ जान चाहेको हो, त्यसैले पनि जबर्जस्ती नेकपा एमालेलाई प्रतिगमनको लेपन लगाईयो ।