हामी कहाँ चुक्यौं, समिक्षा गरौं : नेपाल

हामी कहाँ चुक्यौं, समिक्षा गरौं : नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा व्याप्त असमानता, विकृति र विसंगति अन्त्यका लागि राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । 

आइतबार माओवादी केन्द्रको ८ औं महाविधेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा मात्रै पर्याप्त नभएको भन्दै नेतृत्वको काम र व्यवहरलाई जनताले हेर्न चाहेको उल्लेख गरे ।

उनले मुलुकको लथालिंग परिस्थित आउनुमा काम र व्यवहारमा कहाँ चुक्यौँ भनि त्यसको समीक्षा गर्न जरुरी रहेको उल्लेख गरे । उनले गरिबी अन्त्य गर्न पार्टीका नेताहरुको बीचमा छलफल गर्नुपर्ने उल्लेख गरे । 

अध्यक्ष नेपालले नेताहरू नीति, विधि र नियममा नबाँधिँदा देश असफल हुन पुगेको जिकिर गरे । 

अध्यक्ष नेपालले जनताको विश्वास जित्ने कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहरलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरूले काम गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले जनताको मन जित्न नसक्ने पनि धारणा व्यक्त गरे । भ्रष्टाचारकै कारण जनतामा नेताहरूप्रति वितृष्णा उत्पन्न भएको भन्दै परिवर्तन नेपाली जनताको हितका लागि हुनुपर्ने टिप्पणी गरे ।