ओलीले भने : एमसीसीबारे सरकारको धारणा के हाे ?

ओलीले भने : एमसीसीबारे सरकारको धारणा के हाे ?

वीराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा सरकारको स्पष्ट धारणा के हो भन्नेबारे प्रश्न गरेका छन् । उनले एमसीसीका विषयमा व्यक्तिगत धारणा धेरैले दिँदै आएको भएपनि सरकारको धारणा बाहिर आउन जरुरी रहेको बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमसीसीबारे व्यक्तिागत धारणाले केही नहुने स्पष्ट पारे उनले भने, ‘व्यक्तिगत धारणा सार्वजनिक गरेर केही हुँदैन, कोही यसको पक्षमा छन्, कोही विपक्षमा’ उनले थपे, ‘सरकारले यसबारे बोल्नुपर्छ, स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ ।’

सत्तामा हुँदा यसअघि ओलीले एमसीसी जसरी पनि पारित गर्नुपर्ने बताएका थिए । एमसीसीको विरोध गर्नेहरु यसलाई नपढेका र नबुझेका व्यक्तिहरुको संख्या दिँदै आएका थिए । अहिले उनी नै एमसीसीको विरुद्धमा बोल्दै आएका छन् ।