प्रकाश सुवेदीविरुद्ध बर्षा सिवाकोटीले दिईन उजुरी

प्रकाश सुवेदीविरुद्ध बर्षा सिवाकोटीले दिईन उजुरी

काठमाडौं । कलाकारहरुमाथि गरिने घोचपेचका कारण पटक पटक विवादमा आईरहने रंगकर्मी पत्रकार प्रकाश सुवेदी पुन विवादमा तानिएका छन् । नायिका वर्षा शिवाकोटीले सुवेदीविरुद्ध उजेरी हालेपछि उनी विवादमा तानिएका हुन् । 

यसअघि नायिका पूजा शर्माले पनि न्यायिक निकायमा सुवेदीविरुद्ध उजुरी दिएकी थिइन् । त्यतिबेला भने आपसी सहमतिमा विवाद सुल्झाइएको थियो । 

सुवेदीले कराकारहरुका भित्री कुरा समेत बाहिर ल्याउँदै आएकोमा आपत्ति जनाउँदै नायिका सिवाकोटीले उजुरी हाल्दै उनीमाथि कारबाहीको माग गरेकी छिन् ।

ए पि वान टेलिभिजन बाट प्रसारणमा आउने कार्यक्रम ‘रजटपट’मा सुवेदीले आफ्नो व्यक्तिगत कुरा निकालेर घोच पेच्च गरेको भन्दै नायिका वर्षाले उनीमाथि कारवाहीको माग गरेकी छिन् । वर्षाले प्रकाशविरुद्ध प्रेस काउन्सिलमा पनि निवेदन दिएकी हुन् । यद्यपी यस विषयमा भने वर्षाले पुरै जानकारी दिएकी छैनिन् ।