नेपाली कांग्रेसको मतगणना आज सकिँदै

नेपाली कांग्रेसको मतगणना आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको मतगणना आज सकिँदैछ । 

अब तीनवटा क्लस्टरको मतगणना बाँकी भएकोमा त्यो पनि आज सकिने निर्वाचन समितिका आयुक्त गोपाल घिमिरेले जानकारी दिए 
दलित, जनजाति, खस आर्य र आदिवासीको मतगणना अन्तिम रहेको छ ।

अब करिब दुई हजार मत गणना गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । जुन, आज अबेरसम्म नतिजा आइसक्ने जनाइएको छ । आज ढिलासम्म भएपनि मतगणनाको काम सकिने गरी गणना भइरहेको आयुक्त घिमिरेले जानकारी दिए । 

नेपाली कांग्रेसमा पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको संख्या १३४ जनाको हुने व्यवस्था छ ।