काठमाडौं । देशव्यापी विरोध भइरहेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपालमा संसदबाट पारित गराउने पक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखिएको छ ।
आज बसेको पार्टीको संसदीय दलको बैठकले संसदमा विवादित रहेको एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो ।
बैठकपछि सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको पक्षमा भएको दावी गरे । उनले एमसीसी संसद बैठकमा पेस भए लोसपा त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा सहभागी अधिकांश दलले एमसीसी पास गर्न नहुने जनाएका थिए ।