ज्ञानेन्द्र र प्रचण्डबीचको सम्झौता बाहिर ल्याईदिनुस् : महासचिव पोखरेल

ज्ञानेन्द्र र प्रचण्डबीचको सम्झौता बाहिर ल्याईदिनुस् : महासचिव पोखरेल

काठमडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भनिएको सहमति झुठो नभएको दावी गरेका छन् । 

चितवन महाधिवेशनपछि भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय शुक्रबार सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले संञ्चारकर्मीहरुलाई उक्त सम्भौता बाहिर ल्याउन पनि आग्रह गरेका छन् । 

केही दिनअघि एमाले अध्यक्ष ओलीले प्रचण्ड र राजाबिच २०६० साल मंसिर १८ गते पाँच बुँदे सहमति भएको दाबी गरेका थिए । ओलीको उक्त अभिव्यक्तिलाई प्रतिवाद गर्दै प्रचण्डले पुष्टि गर्न चुनौती दिइसकेका छन् ।

यता महासचिव पोखरेलले भने उक्त कुरा खोज्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । ‘ओलीको उक्त कुरा पुष्टी गर्ने आधार छन् त ? भन्ने संचारकर्मीको प्रश्नको जवाफमा महासचिव पोखरेलले भने, ‘हामी पुराना कुरा बिर्सन्छौ ।

माघ १९ को घटना पछाडि माओवादीका तर्फबाट आधिकारिक रुपमा सार्वजनिक गरिएको वक्तव्यले नै त्यो कुरालाई संकेत गरेको छ, त्यो हामीले बताइरहनुपर्ने विषय होइन ।’ उनले थपे, ‘ुमाघ १९ को घटनापछि माओवादीको आधिकारीक वक्तव्यले प्रष्ट पारेको छ, पछाडि फर्कँन चाहन्छौं । प्रचण्ड र राजाबारे भएको ५ बुँदे सहमति भएको झुटो होइन ।’
बाबुराम र प्रचण्डका बीचमा भएको अन्तरकलहमा पनि ति कुराहरु सार्वजनिक गरेका विचारहरूले पनि सबै कुरा बाहिर ल्याएको पोखरेलको दावी छ