उत्तर कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङले आफ्नो बाबु किम जोङ इलको मृत्युको वार्षिकीमा सर्वसाधारणलाई विभिन्न कुरामा प्रतिबन्ध लगाएका छन् । २७ वर्षीय किमले बाबुको वार्षिकमा सर्वसाधारणलाई ११ दिनसम्म नहास्न, मदिरा नपिउन तथा कुनै पनि खु्शी नसाट्न उर्दी जारी गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

सत्ता सम्हालेको १० वर्षको बाग्दोरमा किम विश्वका विभिन्न सञ्चार माध्यमहरुमा हेडलाइन बन्न पुगे । अहिले पनि उनको बाबुको बाबुको १०औं वार्षिकीमा सर्वसाधरणलाई विभिन्न प्रतिबन्ध लगाइदा उनी पुनः समाचारको हेडलाइन बन्न पुगेका छन् । 

किम जोङ इलले सन् १९९४ देखि सन् २०११ सम्म (मृत्युपर्यन्त) शासन गरेका थिए । इलको मृत्युपछि उनकै कान्छा छोरा किम जोङ उन उत्तराधिकारी बनेका थिए ।

अहिले इलको मृत्यु भएको १० वर्षपछि उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म शोक मनाउन र खुसियाली व्यक्त नगर्न निर्देशन दिइएको छ । इनको मृत्यु भएको दिन १७ डिसेम्बरमा उत्तर कोरियालीलाई किराना पसलमा जानसमेत रोक लगाइएको छ ।

यसअघि वार्षिकीमा मदिरा पिउने वा खुसी मनाउने कार्यक्रममा संलग्न व्यक्तिलाई सरकारले पक्राउ गरेको थियो । 

इलको ६९ वर्षको उमेरमा सन् २०११ को १७ डिसेम्बरमा हृदयघातका कारण निधन भएको थियो । इलले उत्तर कोरियामा १७ वर्षसम्म तानाशाही सत्ता चलाएका थिए ।