कांग्रेस महामन्त्रीमा गगन र विश्व निर्वाचित, गगनले पाए सर्वाधिक मत

कांग्रेस महामन्त्रीमा गगन र विश्व निर्वाचित, गगनले पाए सर्वाधिक मत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

गगनले ३ हजार ८०९ मत ल्याएका छन् भने शर्मालेले १ हजार ९८४ मत ल्याएर निर्वाचित बनेका हुन् । गगनले ल्याएको उक्त मत कांग्रेसको १४ औं महाधिवेशनमा सर्वाधित मत हो ।

उनले सभापति देउवाले भन्दा बढी मत ल्याएका हुन् । जबकी सभापति देउवाले दोस्रो पटक भएको निर्वाचनमा देउवाले २ हजार ७२४ मत ल्याएर विजयी बनेका थिए । 

निर्वाचन परिणाम घोषणा भएसँगै पार्टी कार्यालय सानेपामा समर्थकहरुले विजयीसभा गरेका छन् । 

गगन शेखर कोइराला प्यानल र विश्वप्रकाश प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवार हुन् ।