काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री रिजालले राजीनामा पत्र बुझाएका हुन् ।
नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । यसअघि बिहीबार सानेपामा महामन्त्री पदका लागि मतगणना हुँदै गर्दा अन्तिम मतपरिणाम आएपछि राजीनामा दिने सामाजिक सञ्जालमा ट्वीट गरेका थिए ।
शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवारी दिएका रिजालले ८०९ मत ल्याएर पराजित भएका छन् । केहीबेरमा उनले पत्रकार सम्मेलन गरी राजीनामाबारे बताउनेछन् ।
रिजाल प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त भएका थिए ।