कांग्रेस उपसभापतिमा २ मतले हारे गच्छदार

कांग्रेस उपसभापतिमा २ मतले हारे गच्छदार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उप–सभापतिमा विजयकुमार गच्छदार २ मतले पराजित भएका छन् । 
उनले धनराज गुरूङसँग २ मतले पराजित भएका हुन् । 

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्काले  २१२१ मत ल्याए भने गुरुङले १९०८ मत ल्याएका छन् । जबकी देउवा पक्षकै गच्छदारले १९०६ मत ल्याएर पराजित भएका हुन् । 

खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन् ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणना गर्न माग गरेका थिए । 

दुई जना उपसभापतिका लागि सात जनाको प्रतिष्पर्धा चलेको थियो । त्यस्तै चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १५८० मत ल्याएका छन् । भने प्रकाशमान सिंह समूहबाट सुजाता कोइरालाले ६४४, स्वतन्त्रबाट महेश आचार्यले ५८९ र विमलेन्द्र निधि प्यानलका दिव्यश्वरी शाहले १३२ मत ल्याएका छन् ।