देउवा गुटको होइन, कांग्रेसको सभापति बनुन् : गगन थापा

देउवा गुटको होइन, कांग्रेसको सभापति बनुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई उनी पार्टीको सभापति बन्न सुझाव दिए । 

सभापतिका प्रतिस्पर्धी नेता डा. शेखर कोइराला प्यानलले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने कार्यक्रममा बोल्दै नेता थापाले देउवा सच्चिनुपर्ने र अब गुटको नभई पार्टीको सभापति बन्नुपर्ने बताए ।

देउवाले पार्टी कार्यालयमा गुटको बैठक बस्न नमिल्ने भन्दै उनले भने, ‘पार्टीभित्र एक जनालाई पनि अन्याय गर्न पाइँदैन, पार्टीभित्र थिति बस्यो भने ४० प्रतिशतको भाग आफैँ आउँछ ।’ उनले थपे, ‘सभापतिले धेरै बदल्नुपर्छ ।’ उनले निर्वाचनमा जाँदा समूह बन्नु सामान्य भएको भन्दै अब देउवाले बालुवाटार र बूढानीलकण्ठमा गुटको बैठक राख्नु गलत हुने बताए ।’  

यसअघि देउवाले गुटको बैठक पार्टी कार्यालयमा चलाएको स्मरण गर्दै उनले भने, ‘अब पार्टी सभापतिको गुट हुनु हुँदैन र हुनुहुन्न पनि। देउवालाई गुट भन्दामाथि उठ्न दबाब दिनुपर्छ ।’

नेता थापाले कम्युनिष्टहरु कुनै पनि बेला मिल्न सक्ने खतरा भएको भन्दै उनले अब नेपाली कांग्रेस पहिलो पार्टी बन्नका लागि अझै १० देखि १५ लाख मतदाता थप्नु आवश्यक रहेको पनि बताए । निर्वाचनमा हार जीत प्राविधिक कुरा भएपनि नेपाली कांग्रेसले थप मेहनत गर्नुपर्ने बताए ।