छात्रालाई पाँच महिनादेखि बलात्कार गर्ने शिक्षक पक्राउ

छात्रालाई पाँच महिनादेखि बलात्कार गर्ने शिक्षक पक्राउ

नेपालगञ्ज । छात्रालाई बलात्कार गरेको आरोपमा  नेपालगञ्जका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । 

बाँकेको टेक्निकल कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावलले सोही कलेजमा अध्ययनरत १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप छ ।

छात्राले गत साउनदेखि नै आफूलाई पटक पटक बलात्कार गर्दै आएको भन्दै रावलविरुद्ध मंसिर २३मा प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा प्रहरीले मंसिर २४ मा रावललाई पक्राउ गरेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । रावल सो कलेजका लगानीकर्ता पनि हुन् ।