सुक्मित तामाङलाई सर्वोत्कृष्ट मोडलको अवार्ड

सुक्मित तामाङलाई सर्वोत्कृष्ट मोडलको अवार्ड

काठमाडौ. । मोडल सुक्मित तामाङ घिसिङले सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी छिन । बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ मा उनले फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन । 

अवार्ड ४९ बिधामा बाडिएको हो । कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका उप-सभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा भएको बताइन । 

'यो पहिलो म्युजिक अवार्ड कार्यक्रममा अवार्ड प्राप्त गर्नु हुने सबैलाई बधाई एंव शुभकामना । सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा हो ।' उनले भनिन् ।