सरकार सहमति कार्यान्वयनमा उदासिन देखिएन : विप्लव

सरकार सहमति कार्यान्वयनमा उदासिन देखिएन : विप्लव

संखुवासभा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप लगाएका छन्  ।

बन्दी कार्यकर्ता भेटघाटका क्रममा बिहीबार सङ्खुवासभाको खाँदबारी कारागार पुगेका विप्लवले सरकार सहमति कार्यान्यवनमा उदासिन नदेखिएको आरोप लगाए । उनले अझै पनि सहमति कार्यान्वयन गर्नेमा आशावादी रहेको बताए । 

बन्दी रिहाईका लागि सत्तारुढ दलका प्रमुख सकारात्मक रहेपछि पहलका लागि भने कोही अग्रसर नभएको बताए । तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताए । 

सरकार र तत्कालिन प्रतिवन्धित विप्लव नेतृत्वको नेकपा बीच गत २० फागुनमा तीन बुँदे सहमति भएको थियो । जसमा सरकारसँग आफ्ना नेता तथा कार्यकर्ता बन्दीको रिहाइ तथा मुद्दा खारेजीको माग  गरेका थिए । यस विषयमा सत्तारुढ दलका प्रमुखसँग पुनः छलफल गर्ने उनले बताए ।