राप्रपा महामन्त्रीमा पराजित भएपछि रेखा थापाले दिइन् यस्तो प्रतिक्रिया

राप्रपा महामन्त्रीमा पराजित भएपछि रेखा थापाले दिइन् यस्तो प्रतिक्रिया

काठमाडाैं । राप्रपा महिला महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएपछि रेखा थापाले आफू पार्टीमा आएको चार वर्ष भएपनि सम्मानजनक मत पाएको प्रतिक्रिया दिएकी छन् । राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी रेखाले पार्टीमा २० वर्षदेखि सक्रिय कुन्तीले जित्नु स्वाभाविक भएको बताइन् ।

'कुन्ती दिदीलाई मेरो धेरै धेरै बधाई र शुभकामना छ । अब उहाँले राम्रोसँग काम गर्नुहुन्छ भन्ने अपेक्षा लिएकी छु । चुनावी मैदानमा आरोप प्रत्यारोप हुनु सामान्य प्रक्रिया हो । म पार्टीमा आएको भर्खर चार वर्ष भयो । दिदी २० वर्षदेखि पार्टीमा हुनुहुन्छ । पार्टीमा दिएको योगदानका हिसाबले दिदीले जित्नु स्वाभाविक हो । मैले अझ धेरै होमवर्क गर्नुपर्ने देखेकी छु । यो मत मेरा लागि विजयीको मत हो,' उनले भनिन् ।

रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती २ हजार ८ मत ल्याएर विजयी भइन् । अध्यक्षमा लिङ्देनले जिते पनि पदाधिकारीमा अधिकांश थापा पक्षका विजयी भएका छन् ।