अध्यक्षमा हारेका भीम रावलको अबको भूमिका के होला ?

अध्यक्षमा हारेका भीम रावलको अबको भूमिका के होला ?

सौराहा । नेकपा एमालेका नेता भीम रावल अध्यक्ष पदको निर्वाचनमा केपी ओलीसँग पराजित भएका छन्। उनी ओलीसँग पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका थिए। तर, त्यसलाई रावलले अस्वीकार गरेका छन्। 

एमालेको निर्वाचन आयोगका प्रमुख डा। विजय सुब्बाले रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेको बताए। निर्वाचनको मत परिणामको औपचारिक घोषणापछि छोटो प्रतिक्रिया दिएका रावलले आफू अध्यक्ष पदको उम्मेद्वार भएकाले सदस्य अस्वीकार गरेको बताए। उनले ओलीसँगको प्रतिस्पर्धामा २२३ मात्रै मत पाएका छन्।

ओलीको मत एक हजार ८३७ थियो। रावलले आफूले पाएको मतले आफ्नो एजेण्डा स्थापित भएको बताए। उनले जबजको अभ्यास हुनुले आफ्नो एजेण्डा स्थापित भएको प्रतिक्रिया दिए। पार्टीमा कसरी काम गर्ने भन्नेबारेमा भने अहिले नै केही नसोचेको उनको भनाइ थियो।