पूर्वमाओवादी काेही रहेनन् सबै पद एमालेले नै पाउँछ : नेम्बाङ

पूर्वमाओवादी काेही रहेनन् सबै पद एमालेले नै पाउँछ : नेम्बाङ

चितवन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्बाङले सबै पद नेकपा एमालेले नै पाउने बताएका छन् ।
 
अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नतृत्वसहितको छलफलपछि बाहिरिएका नेता नेम्वाङले पार्टीको कोही पूर्वमाओवादी भन्ने नरहेको भन्दै सबै एमाले भइसकेको दावी गरे । 

‘पूर्वमाओवादीलाई दुई पदाधिकारी दिने सहमति भएको हो ?’ भन्ने सञ्चारकर्मी प्रश्नमा बोल्दै उनले भने, ‘यो नेकपा एमाले हो, यहाँ कोही पूर्व माओवादी रहेनन् । सबै पद एमालेलाई नै हो ।’ 

छलफल जारी रहँदै बन्दसत्र सुरु गर्न ढिला भएपछि आफू बाहिरिएको जानकारी दिए ।

यसैबीच अध्यक्ष ओलीसँग छलफलको लागि उपाध्यक्ष भीम रावल पार्क सफारी रिसोर्टमा जाँदैछन् । ओलीले सर्वसम्मतको प्रयास गरिरहेको बेलामा उपाध्यक्ष रावल अध्यक्षमा उठ्ने भन्दै भोट मागिरहेका छन् ।