हामीले गल्ती गर्‍याैं भनेर जनताको अगाडि स्वीकार गर्न सक्नुपर्छ : चित्र बहादुर केसी

हामीले गल्ती गर्‍याैं भनेर जनताको अगाडि स्वीकार गर्न सक्नुपर्छ : चित्र बहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलका कारण जनतामा नैराश्यता छाइरहेको अराजकता भएको भन्दै ती सबैको जिम्मेवारी राजनीतिक दलले लिनुपर्ने बताए । 

शुक्रबार  एमालेको दसौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केसीले वर्तमान व्यवस्थाको जस लिने राजनीतिक दलहरूले अव्यवस्थाको पनि जिम्मेवारी पनि लिनुपर्ने धारणा व्यक्त गरे । 

उनले भने, ‘गणतन्त्र, धर्म निरपेक्षता ल्याएको जस लिने राजनीतिक दलले अहिले संसद्को किचलो, कार्यकारिणी र न्याय पालिका भएको अस्तव्यवस्ता पनि हामीले गर्दा भएको हो भनेर जनता सामू स्वीकार गर्नसक्नुपर्छ ।’

राजनीतिक दलहरूले एक–अर्कालाई अराजकताको जिम्मेवार भन्न नहुने भन्दै मुलुकलाई अगाडि बढाउन लागि राजनीतिक दलहरू एकजुट हुनुको विकल्प नभएको धारणा व्यक्त गरे ।